२६ कार्तिक २०८३, बिहिबार

सरकारको कार्ययोजना बनाउन चार सदस्यीय कार्यदल गठन, को-को छन् सदस्य ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimalendra-nidhi-krishna-mahara

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकारको कार्ययोजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलमा कांग्रेसबाट दुई र माओवादीबाट दुई सदस्य रहेका छन् । कार्यदलले सरकारको काम कारबाही र प्राथमिकताका विषयमा टुङ्गो लगाउने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार कार्यदलमा माओवादीबाट नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य छन् भने काँग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक सदस्य छन् ।