काठमाडौं, ४ भदौं । मलेसीयामा जारी एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले जितेको छ ।
घरेलु मैदानमा मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू–१६ उमेर समूहकै पहिलो उपाधि जित्न सफल भएको हो । उमेर समूहमा भने नेपालको २००९ पछि उपाधि हात पार्न सकेको थिएन् ।
मलेसीयालाई स्तब्ध बनउदै नेपालले मलेसीया सामू १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
घरेलु टोली ३६ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको हो ।
नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान र रवि चन्दले ३२ रन जोडेका थिए ।














प्रतिक्रिया