काठमाडौं, १३ साउन । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले आज दिउँसो एक सूचना प्रकाशित गर्दै भोली रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उपत्यकामा सार्वजनिक विदा दिइएको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार (भोलि) परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रातो मछिन्द्रनाथको रथजात्रा उपत्यकामै लामो जात्राका रुपमा परिचित छ ।
मच्छिन्द्रनाथको रथजात्रा पुल्चोकबाट सुरु भएर गाःवहाल, मंगलबजार, पाटन सुन्धारा, मिखावहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जावलाखेल पुर्याएर भोटो देखाइ जात्रा सम्पन्न गरिने प्रचलन रहेको गुठी संस्थानले जनाएको छ ।
भोटो जात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट अतिथिहरु सहभागी हुन्छन् ।
हेर्नुस् गृह मन्त्रालयको सूचना:













प्रतिक्रिया