काठमाडौं, १३ साउन । धनकुटामा यात्रुबस दुर्घटना हुँदा पूर्वमन्त्रीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।
धनकुटाका प्रहरी प्रमुख एसपी विभुतिराज पाण्डेका अनुसार संखुवासभाको मुडेशनिश्चरेबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६ नम्बरको बस परेवादिन–५ को छिदुवा बजारनजिकै भिरबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा माओवादी केन्द्रका धनकुटाका अध्यक्ष एवं पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको पनी मृत्यु भएको छ । घटनास्थलमा प्रहरी र स्थानीयबासीबाट उद्दार कार्य जारी छ ।
घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ । मृतकहरुको शव संकलन भइरहेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।












प्रतिक्रिया