२६ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रका शीर्ष नेताहरूद्वारा सरकार बनाउने गृहकार्य सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-meetकाठमाडौं, १३ साउन । नयाँ सरकार गठन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य दलहरूसँगको छलफलका बारेमा परामर्श गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठक बसिरहेको छ ।

पार्टी मुख्यालय कोटेश्वरमा जारी बैठकमा अब बन्ने नयाँ सरकारका विषयमा छलफल केन्द्रित रहेको एक नेताले जनाए ।

कांग्रेसले सरकार बनाउन पहल गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएपछि माओवादी केन्द्रले तयारी थालेको हो ।

कांग्रेससहितका दलहरूको समर्थनमा अबको दुई साताभित्र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने नेताहरूको भनाइ छ ।