२६ कार्तिक २०८३, बिहिबार

उद्धार तथा राहतमा सक्रियतापूर्वक लाग्न प्रचण्डद्वारा अपील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand_06092013काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरि आएको निरन्तर मनसुनी वर्षा र बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले यथाशीर्घ उद्दार र राहातको कामलाई तीव्रता दिन सरकारको गम्भीर ध्यानकर्षण गराउनुभएको छ ।

‘देशैभरि आएको बाढी पहिरोमा परेका व्यक्तिहरूको उद्धार र राहत कार्यमा सक्रियता पूर्वक लाग्न हाम्रो पार्टीका सबै सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिँदै जनसमुदायलाई अपील गर्न चाहन्छ’, अध्यक्ष दाहालद्वारा आज जारी अपीलमा भनिएको छ ।

पहिरो तथा बाढीमा परी मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै दाहालले श्रद्धाञ्जलि तथा परिवारजनप्रति गहिरो समवेदन व्यक्त गर्नुभएको छ ।