२६ कार्तिक २०८३, बिहिबार

‘ओलीले राजीनामा दिँदा भारतमा दिपावली, भारतकै ईशारामा प्रचण्ड प्रधानमन्त्री’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip-Gyawali-555x335

काठमाडौं, १२ साउन । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा कुनै हालतमा एमाले सहभागी नहुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘‘एमाले नयाँ सरकारमा कुनै हालतमा सहभागी हुँदैन्, व्यक्तिले के भन्छ त्यो मतलवको विषय होईन् ।’’ उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको उल्लेख गर्दै भने,‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने हो, तर भारतीय मिडियाहरुमा जुन प्रतिक्रियाहरु आईरहेका छन्, त्यसले देशको हुर्मत काटेको छ ।’

यद्धपी उनले यसबारेमा आफूले बोल्न नमिल्ने भएपनि बाध्यता भएर टिप्पणी गरेको दाबी गरे । उनले अघि थपे,‘माओवादीले यसबारेमा बोल्नुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, दुःख लाग्दो कुरा छ ।’ उनले नेपाललाई दीर्घकालिन अहित हुने एजेण्डा बोकाएर प्रचण्डलाई स्खलित गर्ने काम त कतै भैरहेको छैन भन्नेमा आफूलाई चिन्ता लागेको बताए ।

उनले नयाँ सरकार गठनसँगै फेरि नेपाललाई एकपक्षीय भारतसँगको निर्भरतामा धकेलिन लागेको आशंका व्यक्त गरे । उनले आफ्नो पार्टी संविधानको कार्यान्वयन, समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, संविधानको सर्वस्विकार्यताको लागि मधेशकेन्द्रित दलहरुको असन्तुष्ट माँगहरुलाई संशोधन मार्फत हल गर्ने, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने लगायतका महत्वपूर्ण विषयहरुमा जिम्मेवार भएर लाग्ने र सरकारलाई झकझकाउने काममा रचनात्मक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका विकासका योजनाहरुलाई नयाँ बन्ने सरकारले निरन्तरता दिने वा नदिनेबारे आफ्नो पार्टीले नजिकबाट नियाँल्ने समेत उनको दाबी थियो ।

नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर छिमेकी राष्ट्र चीनले जारी गरेको पछिल्लो विज्ञप्ती स्वभाविक रहेको ज्ञावलीको भनाई थियो । उनले भने,‘एउटा छिमेकी सरकार परिवर्तन भएपनि दुई देशवीचको सम्बन्धमा कुनै असर पर्दैन भन्छ, अर्को चाहीँ सरकार परिवर्तन भएसँगै दिपावली गरिरहेको छ ।’