काठमाडौं, १२ साउन । नेपाल सरकारले कोशी ब्यारेजको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी सक्षम रहेको भन्दै छिमेकी मुलुकहरूलाई त्यस विषयमा धेरै चिन्ता नगर्न आग्रह गरेको छ ।
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले आज पत्रकार सम्मेलन गरेर कोशी ब्यारेजका विषयमा धेरै चिन्ता नजनाउन आग्रह गर्नुभएको हो । ‘कोशी बाँधमा कुनै समस्या छैन’, उहाँले भन्नुभयो, ‘कोशी बाँधको सुरक्षाका लागि हाम्रो सुरक्षा निकाय सक्षम छ ।’
परराष्ट्रमन्त्री थापाले भारतलाई कोशी बाँधका विषयमा अनावश्यक चिन्ता नलिन आग्रह गर्नुभएको छ ।
कोशी ब्यारेजमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनले आक्रमण गर्ने समाचार भारतीय सञ्चारमाध्यममा आएका विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मन्त्री थापाले नेपालले कोशी बाँधको सुरक्षा गर्ने उल्लेख गर्नुभएको हो ।











प्रतिक्रिया