५ कार्तिक २०८३, बिहिबार

छब्बीस सभासद् मनोनयन सहमतिमा : मन्त्री रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijal

विराटनगर, ४ भदौ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभामा मनोनित हुन बाँकी २६ सभासद्को टुङ्गो लगाउन सरकारले दलहरूसँग छलफल गरिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री रिजालले विराटनगरस्थित आफ्नै निवासमा बुधबार बिहान पार्टी कार्यकर्तासँगको संक्षिप्त भेटमा संविधानसभामा रहेका सबै दलको सहमतिमा सभासद्को टुङ्गो लगाइने बताउनुभयो ।

मन्त्री रिजालले संविधानसभाको विवादित विषयमा सहमति कायम गर्न सरकारले संसदभित्र तथा बाहिर रहेका दलहरूसँग वार्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो ।

उहाँले अहिलेको आवश्यकता भनेको साझा स्वामित्वको संविधान निर्माण गर्नु रहेकाले अन्य विषयमा अल्झेर समय खेर फाल्न नहुने धारणा व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री डा. रिजालले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनका लागि ग्रामीण क्षेत्रमा बसोवास गरिरहेका गरिब, निमुखा एवम् पिछडिएका जनताको पक्षमा कार्य गर्न कार्यकर्तालाई आह्वानसमेत गर्नुभयो । रासस