२६ कार्तिक २०८३, बिहिबार

सिंहदरबारबाट दिउँसै लाखौंको सामान चोरी, दक्षिण गेटमा प्रहरीको कडा चेकिंग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singdarbar

काठमाडौं, १२ साउन । देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबारबाट नगदसहित लाखौं रुपैयाँ पर्ने सामान चोरी भएको छ ।

बुधबार दिउँसो १२ बजेतिर स्थानीय विकास मन्त्रालयबाट अपरिचित व्यक्तिले एउटा ल्याप्टप, एक लाख नगद र केही इलेक्ट्रोनिक समान उठाएर लगेको स्रोतले बतायो ।

चारैतिर सुरक्षा घेरामा रहेको सिंहदरबारबाट लाखौंको सामान चोरी भएपछि सुरक्षाकर्मीले सबै गेटमा खानतलासी सुरु गरेका छन् । दक्षिण गेटमा प्रहरीले चेकिंग कडा बनाएको छ । सबैको शरीर र झोला चेक गरिरहेको छ ।

स्रोतले भन्यो- ‘सामान र नगद पैसा चोरी भएपछि सिंहदरबारका सबै गेटमा कडा चेकिंग भइरहेको छ । अहिलेसम्म कसले चोरी गर्यो पत्ता लाग्न सकेको छैन् ।’

Sinhadarbar-Checking-8

तस्वीरः श्रीधर पौडेलबाट ।