
भक्तपुर, ११ साउन । भक्तपुरबाट चाँगुतर्फ जाँदै गरेको बा२ख ६८१७ नंको बस आज अपराह्न दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
चाँगु नगरपालिका–१२ बुढाथोकी गाउँनजिकै बस सडकबाट ३०० मिटर तल खस्दा ११ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
गम्भीर घाइतेलाई मध्यपुर अस्पताल र इवामुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पताल ल्याउने क्रम जारी रहेकाले घाइतेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । रासस











प्रतिक्रिया