
काठमाडौं, ११ साउन । जनजाति नेता आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल पार्टी छाडेका छन् ।
मंगलबार अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउँदै शेर्पाले औपचारिक रुपमै पार्टी छाडेका हुन् । पार्टी भित्र ‘नश्लवाद र नातावाद’ हाबी भएको कारण काम गर्न नसक्ने जनाउँदै क्रियाशिल सदस्यबाट समेत आफूले राजीनामा दिएको उनले बताएका छन् ।
पार्टीले पहिचानको आन्दोलनमा अहोरात्र आउनेहरुलाई भन्दा ठुला नेताको घरमा धाउनेहरुलाई बढी अवसर दिएको शेर्पाको आरोप छ ।












प्रतिक्रिया