काठमाडौं, ११ साउन । संविधानको बाधा अड्काउ फुकाउ र सहमतीय सरकार गठनका लागि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा छलफल गर्न संसदको बैठक बस्दैछ ।
बिहान ११ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त दुई पत्र पढेर सुनाइने बुझिएको छ । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई सदनमा जानकारी दिने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री केपी ओली पदबाट राजीनामा दिएपछि सहमतीय सरकार सात दिनभित्र बनाउन राष्ट्रपतिद्वारा सोमबार आह्वान भइसकेको छ ।
त्यसैगरी राष्ट्रपतिद्वारा सोमबार नै संविधानको धारणा २९८ मा नयाँ सरकार बनाउन देखिएको समस्या हटाउन बाधा अड्काउ फुकाउको पत्र पनि जारी भएको छ ।











प्रतिक्रिया