२६ कार्तिक २०८३, बिहिबार

राप्रपा र राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra-Bahadur-Chand-and-Kamal-Thapa-685x456काठमाडौं, ११ साउन । वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न राप्रपा र राप्रपा नेपालको केन्द्रीय कार्यसमितिका अलग अलग बैठक बस्दैछ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंको बसुन्धारास्थित दियोलो पाटी प्यालेसमा बस्दैछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

काठमाडौंको भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा बिहान ११ बजेपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

‘राप्रपासँगको पार्टी एकीकरण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा बैठकमा छलफल हुनेछ’, उहाँले भन्नुभयो, ‘सरकार बन्दैछ, त्यस विषयमा पनि छलफल हुनेछ । पार्टीको धारणा बनाउने छौँ ।’