२६ कार्तिक २०८३, बिहिबार

गुल्मीमा पहिरोले घरगोठ बगाउँदा पाँच जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– शिवलाल सुवेदी

गुल्मी, ११ साउन । गुल्मी जिल्लाको हस्तिचौर र बिसुखर्कमा पहिरोले घरगोठ बगाउँदा ५ जनाको मृत्यु भएको छ ।

सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले हस्तिचौर– १ मल्दीमा घरगोठ बगाउँदा ५९ वर्षीय तुल्सी दर्जी, १९ वर्षीय अस्मिता दर्जी र ६२ वर्षीय कालिका दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाकै बिसुखर्क गाविस वडा नम्बर ९ का गोपाल रानाको घरगोठ बगाउँदा उनका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीय छोरी सीमा रानाको ज्यान गएएको छ ।