काठमाडौं, १० साउन । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस–माओवादी गठबन्धनले आन्दोलनरत संघीय गठबन्धनले उठाएका मागहरु पूरा पर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म अब बन्ने प्रचण्डको नेतृत्व सरकारलाई समर्थन नगर्ने ठोकुवा गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘हामीले अघि सारेका माँगहरु सम्बोधन गर्ने लिखित प्रबितद्धता नआएसम्म नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि हाल्दैनौं ।’ उनले काँग्रेस-माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका जायज माँगवारे अहिलेसम्म वचनवद्धतामात्रै व्यक्त भएकाले वेट एण्ड सिको नीति मोर्चाले लिएको स्पष्ट पारे ।
कर्णले काँग्रेस र माओवादी पनि दुधले धोएका पार्टी नभएको टिप्पणी गर्दै भने,‘काँग्रेस र माओवादी केन्द्रले प्रायश्चित गरेर आएका छन्, अब हाम्रा माँगहरु पूरा गर्नमा गम्भिर बन्नुभयो भने हामी सहयोग गर्छौं, तर यसपटक हामी निशर्तः सहयोग गर्ने पक्षमा छैनौं, हामीसँग लिखित सहमति हुनुपर्छ ।’
आफूहरु अहिले मिशनमा भएकाले सरकारमा जाने कुरा त्यति महत्वपूर्ण नभएको तर्क गर्दै अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण चार बुँदे आन्दोलनमा घाईते भएकाहरुलाई औषधी उपचार गर्ने, मुद्या फिर्ता लिने, बन्दीहरुलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निश्पक्ष न्यायिक छानविन आयोग गठन गर्ने लगायतका माँगहरु पूरा गर्ने लिखित क्यालेण्डर काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबाट हस्ताक्षर आएमात्रै अब बन्ने सरकारलाई समर्थन गर्ने स्पष्ट पारे ।
ओलीले राजीनामा दिँदा मधेशमा दिपावली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आईतबार राजिनामा दिएको उलपक्ष्यमा मधेशमा दिपावली भएको समेत कर्णले बताए । उनले थपे,‘सरकारको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएसँगै मधेशी जनतामा खुशी छाएको थियो, तर हिजो ओलीको राजिनामा आएपछि त मधेशी जनताहरुले दिपावली नै गरे ।’ ओलीको राजिनामासँगै सिँग्गो मधेशले अब देशको अवस्था सुध्रिने विश्वास लिएको धारणा राखे ।
उनले ओलीले मधेशी, आदिवासी र महिलाहरुलाई सम्मान गर्नुको सट्टा होच्याएकाले उनको भन्दापनि उनको प्रवृतिको आफुहरुले विरोध गरेको दाबी गरे ।
काँग्रेस र माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन मार्फत माँग पूरा गर्ने लिखित प्रतिबद्धता जाहेर गर्नुपर्ने उनको जिकिर थियो । उनले अघि थपे,‘यो प्रबितद्धता नआएसम्म हामी सरकारमा जानेवारेमा सोच्नपनि सक्दैनौं, अरु गएपनि सद्भावना पार्टी र लक्ष्मणलाल कर्ण कुनै हालतमा जाँदैन् ।’
मधेशी मोर्चाले काँग्रेस र माओवादीको ऋण नखाएको कारण सरकारमा जानैपर्छ भन्ने नभएको उनको भनाई थियो । उनले अघि थपे,‘हामीले कसैको कर्जा खाएका छैनौं ।’
संसदमा सरकारले प्रस्तुत गरेका तीनवटै आश्रित विधेयक फेल भएपछि नै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने उनको तर्क थियो । उनले अघि थपे, ‘विधेयक फेल भएपछि ओलीजीले राजिनामा दिनुपर्दथ्यो, संसद आँफैमा सार्वभौमसम्पन्न हो ।’ मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउ सिफारिश गरेर आफ्नो लाज छोप्ने काम गरेको उनले तर्क गरे












प्रतिक्रिया