२६ कार्तिक २०८३, बिहिबार

यस्तो छ एमालेको अबको मिसन, महासचिव पोखरेलले सार्वजनिक गरे

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokharel

सोलुखुम्बु, ८ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन हुन नदिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले षडयन्त्र रचेको आरोप लगाउनुभएको छ ।

एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मंचले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विदेशी शक्तिको इशारामा कांग्रेस र माओवादीले सरकार परिवर्तन गर्न खोजेको बताउनुभयो ।

ishwor-pokharel-1

‘वर्तमान सरकारले ल्याएका कार्यक्रमले नेपाली हुनुमा गर्व बनाएको छ, इतिहासमै पहिलोपटक चीनसंग महत्वपूर्ण पारबहन सन्धि गरेको छ, भारतसँगको कुटनैतिक सम्बन्ध सुधार लगायत महत्वपूर्ण काम गरेको छ’ उहाँले भन्नुभयो- ‘यी कामहरु रोक्नका लागि सरकार परिवर्तनको खेल हुँदैछ ।’

यस्तो छ एमालेको अबको मिसन

नेकपा एमाले जहिले पनि आफ्नो मिसनमा उभिने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जसअनुसार एमालेले अविश्वासको प्रस्तावलाई डटेर सामना गर्ने, संसदीय परम्परा अनुसार चल्ने, संविधान अनुसार चल्ने र संविधानको मर्म र भावना अनुसार अगाडि यो सरकार चल्छ ।’

राष्ट्रलाई कमजोर बनाउने, बिकास र प्रगतिविरुद्ध बाहिर शक्तिको पुजा गर्नमा माओवादी र कांग्रेसको भुमिका रहेको उहाँको भनाई छ ।