२६ कार्तिक २०८३, बिहिबार

संसदमा एमालेका सांसदहरूद्वारा हंगामा, अमरेश सिंहमाथि खनिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadan-660x330

– विमल योगी

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बोलिरहँदा नेकपा (एमाले)का सांसदहरूले हँगामा गरेका छन् ।

शनिबार कांग्रेसका सांसद सिंहले अविश्वासको प्रस्तावमाथि सहभागी भइ बोलिरहँदा एमालेका सांसदहरूले ‘केही शब्दावली’मा आपत्ति जनाउँदै हँगामा गरेका हुन् । सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मानसिक सन्तुलन गुमाएको’ भनेपछि एमाले सांसदहरूले आपत्ति जनाएका हुन् ।

एमालेका सांसदहरूले आपत्ति जनाएर हँगामा मच्चाएपछि सभामुख ओनसरी घर्तीले सांसद सिंहले बोल्नुभएको ‘मानसिक सन्तुलन गुमाएको’ शब्दावली रेडर्कबाट हटाउन निर्देशन दिनुभएको थियो । सभामुखको निर्देशनपछि संसदको बैठक पुनः सुचारु भएको छ ।