२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ जस्तो लागेको थियो, अचम्मै भयोः लक्ष्मणलाल कर्ण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laxmanlal-karna

काठमाडौं, ८ साउन । सद्भावना पार्टीका सांसद तथा सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारको कडा आलोचना गर्नभएको छ ।

संसदको शनिबारको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले सरकारको सबै अर्थ विधेयकहरू अस्वीकृत हुँदा पनि सरकार कायम रहेको भन्दै यस्तो पनि हुन्छ ? भनेर प्रश्न गर्नुभयो ।

‘तीन वटा अर्थ विधेयकहरू अस्वीकृत भएपछि प्रधानमन्त्री, मन्त्रीहरूले राजीनामा दिन्छन् भनेर ठानेको थिए’, उहाँले भन्नुभयो, ‘यस्तो अवस्था आउँदा पनि प्रधानमन्त्री र मन्त्री सरकारमा बसिरहेका छन् । अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारमा सहभागी सबैभन्दा ठूलो दलले सरकार छाड्दा पनि सरकार रहिरहने कस्तो व्यवस्था हो यो ?’