२६ कार्तिक २०८३, बिहिबार

ओलीको विदाइपछि राष्ट्रिय समस्याले निकास पाउँछः सर्वेन्द्रनाथ शुक्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarbendranath-sukla-morcha

काठमाडौं, ८ साउन । तराई मधेस लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले वर्तमान केपी ओली सरकारले कहिल्यै पनि समस्याको समाधान होस् भनेर कहिल्यै नचाहेको आरोप लगाउनुभएको छ ।

संसदको शनिबारको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘यो सरकारको विदाइले राष्ट्रिय समस्याले निकास पाउँछ कि भनेर हामी एक भएर अविश्वास प्रस्तावको पक्षमा देखिएका छौँ ।’

संसदमा आफूहरूको उपस्थितिलाई लिएर एमालेका नेताहरूले गरेको टिकाटिप्पणीको खण्डन गर्नुभएका नेता शुक्लाले अगाडि भन्नुभयो, ‘हामी आफ्ना कुरा संसदमा रेकर्ड गराउन आउँदा अनावश्यक टिकाटिप्पणी आवश्यक छैन ।’

अविश्वासको प्रस्ताव आउँदा प्रधानमन्त्री अजम्बरी रहिरने रहेछ भन्दै व्याङ्ग गर्नुभएका नेता शुक्लाले भन्नुभयो, ‘प्रधानमन्त्री हटाउन र बनाउनै नपाइने कस्तो अवस्था हो । संसारकै उत्कृष्ट संविधान यही हो ?’