२६ कार्तिक २०८३, बिहिबार

माओवादीले अविश्वासको प्रस्तावमा हतार गर्यो, नराम्रो हुन्छः नेता नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal

काठमाडौं, ८ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा(माओवादी केन्द्र)ले अविश्वासको प्रस्ताव दर्ता गराउन हतार गरेको आरोप लगाउनुभएको छ ।

संसदको शनिबारको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता नेपालले मुलुकलाई निकास दिन सहमति र सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो । ‘माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गर्न हतार गर्यो’, उहाँले भन्नुभयो, ‘म पनि सबै प्रक्रियामा सहभागी छु । मुलुकलाई निकास दिन सहमति र सहकार्य आवश्यक छ ।’

देश डुब्न लागेको बताउनुभएका उहाँले भन्नुभयो, ‘मिलेर जानुपर्ने बेला अहिले दलहरू गुटमा विभाजित हुनु नराम्रो हो ।’ उहाँले मिलन विन्दुलाई केन्द्रमा राखेर छलफल गर्दा राम्रो हुने भन्दै अविश्वासको प्रस्तावमा लागेका आरोपको खण्डन गर्नुभयो ।

नेता नेपालले हरेक क्षेत्रमा राजनीति मात्रै उपयुक्त नहुने उल्लेख गर्नुभयो । ‘सबै हरेक स्थानमा राजनीति गर्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘मुलुकलाई राजनीतिक सहमति आवश्यक छ ।’