२० कार्तिक २०८३, शुक्रबार

महिला मुक्तिको गाथा अथाह छ ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basant-khakda– वसन्तकुमार खड्का

एक्कासौ शताव्दीको आजको आधुनिक युगमा अझैपनि समाजमा महिला र पुरुषविचको व्यवहारिक भेदभाव् । कायमै रहेको छ । विश्वमा महिलाहरु कुनै न कुनै हिंसाबाट प्रभावित छन् नेपाल जस्तो आर्थिक दृष्टिकोणले कमजोर विकासको गतिमा पछि परेको देशमा पितृसत्तात्मक राज्य सँरचना अवशेषका कारण नेपाली महिलाहरु विभेद र असमानतामा अडिग भइराखेका छन् । हाम्रो देशका महिलाहरु बोक्सी ,छाउपडि प्रथा,दाइजो प्रथा,बालविवाह र देउकि कुप्रथा र कुसंस्कार बाध्य परेका छन् । महिला र पुरुषविचमा विद्यमान रहेको जैविक भिन्नता बाहेक समाजले कोरिदिएको अर्को सिमारेखा लैङिक विभेद महिला र पुरुषका केहि जिम्मेवारी भूमिका अलि भिन्नै हुने गरेका छन् । नेपालमा भएका भिन्न किसिमका परिवर्तनले महिलामा चेतनाको साथै महिला अधिकारको क्षेत्रमा परिवर्तन ल्याएको छ । महिलाका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुन हुदा हुदै जानकारीको प्रभावले गर्दा कार्यन्वयन हुन सकेको छैन् । नेपालको आधा जनसङख्या ओगटेका महिलाको अवस्था दिन प्रतिदिन अति दयनिय बन्दै गएको छ । वषौदेखि पितृसत्तात्मक सँरचनामा हुर्कदै आएको हुनाले हरेक महिलाले शोषण दमन यातना तथा हिंसाजन्य पिडाहरुलाई भोग्दै र सहदै आउनु परेको वाध्यता महिलाहरुमा ज्याजति रहेको छ ।

सबैभन्दा वढि महिलामाथि हुने हिँसाहरु मध्येको एक हो बलात्कार व्यक्तिगत र शारीरिक अक्षुणता हो । बलात्कारले महिलाहरुलाई मानसिक तनाव र शारीरिक असर गर्दछ । जुन एक महिला भएको हुदा बलात्कार हुन पुगियो यि बलात्कारका केश शान्ति र दन्द्ध दुबै समयमा घटना हुन सक्छ । यो कुनै वर्ग,जाति वा स्थान विशेषमा मात्र केन्द्रित हुदैन सन् १९९० को दशकमा पछिल्लो समयदेखि बलात्कार सम्वन्धित अन्र्तराष्ट्रिय विधि शास्त्रमा अझ खासगरि पूर्व यूगोस्लाभिया र रुवाण्डाका लागि गठित न्यायधिकरणहरु युगोस्लाभिया निम्ति अन्र्तराष्ट्रिय फौजदारी न्यायधिकरण आई सी टी आर न्यायधिकरणबाट प्रतिपादन गरिएका विधि शास्त्र न्यायिक सिद्धान्तहरुमा आधारित भएर मस्यौदा गरिएको अन्र्तराष्ट्रिय फौजदार अदालत आई सी टी को रोम विधानसंगै अरु सम्पूर्ण तत्वहरु पूरा भएको अवस्थामा बलात्कारले यातना नरसंहारको अपराध मानवता विरुद्धको अपराध र युद्ध अपराधको स्वरुप प्राप्त गर्न सकिन्छ । पछिल्ला केहि वर्षहरुमा धेरै मुलुकहरुले बलात्कार सम्वन्धि अपराधलाई अझ प्रर्याप्त मात्रामा सम्बोधन गर्न र त्यसको संघर्ष गर्ने लक्ष्य लिएर आफना राष्ट्रिय ऐन कानुनहरुमा बुहत सुधार पनि भएका छन् । यस्ता सुधारमध्येस्थिर प्रजातान्त्रिक मुलुकहरुमा घटित भएका छन् भने अन्य केहि द्धन्दका परिमाणहरुबाट उत्पन्न भएका छन् । सन् २०१३ मा भारतको दिल्ली शहरमा चिकित्साशास्त्र अध्ययनरत छात्रासँग घटित सामुहिक बलात्कारको घटनाले बलात्कार सम्वन्धि भारतिय कानुनी व्यवस्था अनुसन्धान प्रद्धति एंव सुनुवाइमा समेत वुहत परिवर्तन गरेका थिए । तर विडम्पना नेपालमा दैनिक जस्तो बलात्कारका घटनाहरु घट्ने गरेका छन् । विशेष गरेर नेपालमा पिडित भएका व्यक्तिहरु ३ वर्ष उमेर बालिकादेखि ६० वर्षका वृद्धा समेत यसको प्रभावबाट मुक्त हुन सकेका छैनन् । यस तर्फ हाम्रो सरकारले गम्भिर ध्यान दिन सकेको छैन् ।

नेपालमा जाहेरी परेका बलात्कारका घटनाहरुको अनुपात अत्यन्तै न्युन रहेको छ । हालैका वर्षहरुमा बलात्कारका घटनाहरुमा जाहेरी पर्ने क्रममा सामान्य वृद्धि भएको देखिन्छ । तापनि यस्ता तथ्याङकहरुले एउटा गम्भिर सम्स्याको सानो अँशलाई मात्र समेटेको छ । सँसारमै पहिलो मताधिकार सभा woman right,s Convention अमेरिकामा वस्यो सन् १९४८ को जुलाई १९–२० मा न्यू पोर्केको सेनेका फल्समा सम्पन्न सभामा ६८ जना महिलाका साथै ३२ जना पुरुषको पनि महिलाको  सामाजिक मर्यादास्तरमा मतप्रत्ररुपी अस्त्तको अपेक्षित असर देखा परेन् । विकासको युग प्रारम्भ भैसकेको थियो जताततै परिवर्तन भैसकेका थिए तर आम महिलाको जीवन घरायसि दैनिकिमा हराइरहेको थियो । अमेरिकि चिन्तक Betty Friedean लाई पटक्कै चित्त नबुझेकाले  उनले सन् १९९३मा The Feminine Mystique लेखि सबै थोक विर्सेर श्रीमति अनि आमाको रुपमा जीवन सम्पर्णनगरी जेजति गरेर हुन्छ । सार्थक क्रियाकलाप खोज्न सारा महिलालाई घोच्याइएको थियो । मैले सुनेको थिए भारतको महाराष्ट्र राज्यमा नचाहादा नचाहादै जन्मेकि छोरीलाई नकुसा भनेर बोलाईन्छ । परिवारमा समाजमा नचाहिने त छोरी मात्रै हुन्छे । नचाहिने भएकाले नै गर्भमै उनको हत्या गरिन्छ । जन्मेपछि पनि छोरीहरुलाई जमिनमा गाडिन्छ । छोरीहरुलाई जिउदै पुर्ने कार्य त निकै पूरानो सँस्कृति हो । समाज र परिवारमा नारीलाई जुन भूमिकामा लागी बाध्य गरिन्छ । यो पूरै नारी समाजलाई  नै  अनावश्यक बनाइराख्ने सबैभन्दा ठूलो कारण हो । केटीहरुलाई यौन सामाग्री सन्तान पैदा गर्ने मेसिन र पुरुषहरुको दासि मानिन्छ । पत्नीहरु अहिले पनि पतिका नीजि सम्पति जस्तै हुन त्यसकारण समाजका हरेक मानिस ख्याल गर्छन् । केटी कहाँ गई ? कसको साथ गई ? को सँग रात विताई ? उसले के कस्तो लगाएकी छे ? के खाएकी छे ? यि यस्ता विविध कारणले महिलाहरुलाई निर्गानिमा राख्दै आइरहेका छन् । समाजका यि मानिस महिलाका विषयमा केवल ध्यान मात्र दिदैनन् त्यसमाथि फैसला पनि गर्छन् ।