स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’ले नयाँ कीर्तिमान काम गरेको छ ।
शनिबार मात्र १ करोडको ब्यापार गरेको कोहिनुरले अरु सबै रेकर्ड पनि ब्रेक गरेको छ । कोहिनुरले शनिबार मात्र एक करोडको व्यापार गरेको चलचित्र वितरक सुनिल मानन्धरले बताए । कोहिनुरको व्यापार देखेर आफूहरू आश्चर्यमा परेको उनले बताए । आफ्नो १५ वर्षे सिनेमा वितरणमा एक दिनमा ‘कोहिनुर’ले गरेको जति व्यापार आजसम्म कुनै सिनेमाले गर्न नसकेको मानन्धरको भनाइ छ ।
राजधानीका अधिकांश हलमा शनिबार कोहिनुर हेर्नेको भीड थियो । कतिपय ठाउँमा त टिकट नै पाउन मुस्किल थियो । अत्याधिक दर्शक बढेकाले गोपीकृष्णले आफ्नो चारवटा हलमा ‘कोहिनुर’ सिनेमा लगाएको गोपीकृष्ण हलका म्यानेजर प्रदिप दाहालले बताए ।
उता गुण सिनेमामा पनि ‘कोहिनुर’को हेर्नेको उस्तै भीड छ । आठवटा हल रहेको गुणमा सातवटामा ‘कोहिनुर’ हाउसफुल चलेको हल म्यानेजर विकास श्रेष्ठले जानकारी दिए।
‘क्यूएफएक्स’ अन्तर्गतका हलहरूमा पनि ‘कोहिनुर’लाई दिइएको पाँचै शो हाउसफुल भएको छ।
उपत्यकाबाहिरका हलहरुमा पनि कोहिनुर हेर्न दर्शकहरुको भीड छ । शनिबार तनहुँको सदरमुकाम दमौलीस्थित हलमा दर्शकहरुले कोहिनुर हेर्न टिकट पाएनन् ।














प्रतिक्रिया