२८ आश्विन २०८३, बुधबार

अर्को पोस्टरमा रेडियो पनि हुनेछैन : अमिर खान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-khan-pk

एजेन्सी

नग्न तस्वीर खिचाएर रेडियोको भरमा सबै लाज लुकाएका अमिर खानले अर्को पोष्टरमा त्यही रेडियो पनि नहुने बताएका छन् ।

बुधबार एक मराठी पुस्तक सार्वजनिक गर्न पुगेका अमिर खानले यस विषयमा कुरा गर्दै भनेका छन्–२० अगस्तमा जब पिकेको दोस्रो पोस्टर सार्वजनिक हुनेछ त्यसमा रेडियो पनि हुने छैन । उनले प्रश्न गरे–त्यतिबेला तपाईहरु के गर्नुहुनेछ ?

उनले यो विषयमा योभन्दा बढी केही बताएनन् । पिकेको दोस्रो पोस्टर १५ अगस्तमा सार्वजनिक गर्ने कार्यक्रम थियो । तर, अब २० अगस्तमा मात्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

नग्न पोस्टरको विषयमा संचार माध्यममा भएको चर्चा र उनका प्रशंसाका साथसाथै उनको आलोचना पनि भइरहेको छ।

चलचित्र पिकेको यो पोस्टरमा अमिर आन नग्न अवस्थामा उभिएका छन् । उनले आफ्नो गुप्ताङ्ग छोप्न मात्र रेडियो प्रयोग गरेका छन् । उनी एउटा रेडियोको भरमा सबै लाज लुकाएर रेलको लिकमा उभिएका छन् ।