१९ कार्तिक २०८३, बिहिबार

नक्कली परीक्षार्थी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3अछाम, २३ असार । शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तहको दोस्रो वर्षको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

अर्काको नाउँबाट परीक्षा दिइरहेका बेला भटाकाटिया गाविस–३ का २३ वर्षीय पदमबहादुर साउद पक्राउ परेका हुन् । साउदलाई अछाम बहुमुखी क्याम्पसको परीक्षा कक्षबाट परीक्षा दिँदै गर्दा पक्राउ गरिएको हो । उनी भटाकाटिया गाविस घर भई हाल कैलाली जिल्लाको टीकापुर बस्दै आएका टेकबहादुर साउदका नामबाट परीक्षा दिँदै थिए ।

अभियुक्त पदमबहादुर प्रहरी हिरासतमा रहेको र उनलाई नक्कली परीक्षा दिई किर्ते काम गरेबापत हुने कारबाही गरिने अछामका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो । रासस