१९ कार्तिक २०८३, बिहिबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५३६ जनालाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत २१, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १०५, हर्न निषेधमा ६, लेन क्रसमा १ एकतर्फीमा २ र अन्यमा ३१० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।