१९ कार्तिक २०८३, बिहिबार

हत्याका दुई आरोपी कारागार चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । रुपन्देहीमा गोली हानी हत्या गरेको घटनामा संलग्न भई फरार दुई प्रतिवादी कारागार चलान भएका छन् ।

रुपन्देही जिल्ला अदालतको कात्तिक१८ गते (बुधबार)को आदेशले रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार २०६५ मंसिर ६ गते राति करिब १२ः३० बजे रुपन्देहीको साविक धकधई गाविस–८ (हाल रोहिणी गाउँपालिका–३) झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा गोली हानी एक जनाको हत्या गरिएको थियो ।

साविक छिपागढ गाविस–६ (हाल रोहिणी गाउँपालिका–४) बस्ने तत्कालीन ३२ वर्षीय चिनक राजभर भन्ने मुनिराम राजभरको पछाडिबाट गलबन्दीले हात बाँधी कन्चटमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । उक्त हत्यामा संलग्न रहेको आरोपमा दुवै जनालाई १८ वर्षपछि पक्राउ गरिएको हो ।

अनुसन्धानपश्चात उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएको डीएसपी चन्दले जानकारी दिए । प्रहरीका अनुसार दुवै प्रतिवादीलाई गत असोज २१ गते पक्राउ गरिएको थियो ।