काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ र तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति भने कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।












प्रतिक्रिया