काठमाडौँ, २३ असार । एघार दिनदेखि बन्द विद्युतीय शवदाह गृह आजदेखि पुन: सञ्चालनमा आएको छ ।
शवदाह गृह सञ्चालन गरी आज विद्युतीय यन्त्रमा छ शव दाह गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दुई विद्युतीय यन्त्रमध्ये आज एक नं फर्नेसमा शवदाह सुरु गरिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । “दुई नम्बर फर्नेस मर्मतका लागि यन्त्रको निर्माण कम्पनी इन्डोमेनबाट आज प्राविधिक काठमाडौँ आइपुगेका छन्, तीन-चार दिनमै दुई नम्बर फर्नेस पनि सञ्चालन गरिनेछ”–उहाँले भन्नुभयो ।
यही असार १३ गते अविरल वर्षाका कारण चाबहिल र गौशालाबाट आएको बाढी मङ्गालमा पसी पम्प बिग्रँदा यन्त्र बन्द भएको थियो । रासस













प्रतिक्रिया