१९ कार्तिक २०८३, बिहिबार

क्यान्सरका विरामीलाई आर्थिक अभाव, उपचारमा कठिनाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pachthar

– कृष्ण ओझा

पाँचथर, २३ असार । पाँचथर एकतीन गाबिस वडा नम्बर ५ निवासि धनेन्द्र अधिकारीले तीन बर्ष अघि सरस्वती माबिबाट एसएलसी परिक्षा लेखे ।

परिक्षामा असफल भएपछि उनले पुन परिक्षा लेख्ने चक्कर छाडिदिए । उनी छिमेकी पसलेको ट्याक्टरमा सहायकका रुपमा काम गर्न थाले ।

पढाई पुरै छाडेका अधिकारी एक बर्ष नबितै सवारी चालक बने । त्यसपछि उनले सोही साधनलाई एक बर्ष भन्दा लामो समय सम्म चलाए ।

नियमित काममा लागेका अधिकारीलाई स्वास्थ्यमा समस्या देखिन थाल्यो । गाउँमै सामान्य उपचार गराएका उनलाई पटक पटक जिल्ला अस्पताल ल्याउनुपर्ने हुन थाल्यो ।

यस बिचमा उनले कमाएको रकम सिदियो । जिल्ला अस्पतालमा पनि उपचार गराउन समस्या भए पछि उनलाई थप उपचारका लागि झापाको बिर्तामोड, बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, बिराटनगर लगायतका क्षेत्रमा उनको उपचारका लागि परिवारले पुर्याए । लगातार खर्चहुन थालेपछि परिवारमा संकट सुरु भयो ।

उनलाई अहिले भरतपुर क्यान्सर अस्पताल पुर्याईएको छ । उनलाई भरतपुर पुर्याउँदा सम्म एक बर्ष बितिसकेको छ । उपचार थालेको एक बर्षपछि मात्रै उनलाई क्यान्सर भएको भन्ने पत्ता लागेको छ ।

के भएको हो पत्ता लगाउनमै करिव १० लाख रुपैया खर्च भईसकेको छ । धनेन्द्रका बुबा मनोरथ अधिकारीले भने–उपचार गराउन आर्थिक समस्या भएको छ । गरिए जति सबै खर्च ऋण काडेर गरिएको हो । भरपर्दो आर्थिक स्रोत नभएका अधिकारी परिवारलाई छोराको उपचार गराउन समस्या भएको छ ।

अस्पतालमा बिभिन्न खालका परिक्षण र औषधीका लागि दैनिक १० हजार सम्म खर्च हुने गरेको भरतपुरमा धनेन्द्र संगै रहेकी बहिनी पबित्रा अधिकारीले बताईन । एक चरणको उपचार सकेर केही दिन आराममा रहनु पर्छ । उपचार चलेका बेला दिनको १० हजार सम्म खर्च हुन्छ । आर्थिक जोहो गर्न समस्या भएको छ । अरुबेला सामान्य खर्च भए पनि उपचार चलेका बेला मोटो रकम खर्च हुँदै आएको उनले बताईन । कती खर्च भयो । त्यसको यकिन छैन । उनले भनिन–घरबाट कसरी पैषा आईराखेको छ त्यो पनि थाहा छैन ।

भरतपुरमा दुई दाजु बहिनी मात्रै छन । उनीहरुका लागि खानबस्न देखी उपचार खर्च सबै अरुले गरेको ऋण सहयोगकै भरमा चलेको छ । भएभरका आफन्तलाई ऋण शान्ति भन्दै रकम लिईरहेका छौ । धनेन्द्रका बुवाले थपे–अव त क कस्लाई माग्ने समस्या हुन थालेको छ । धनेन्द्र र उनकी बहिनी लगातार चितवन बस्न थालेको पनि ६ महिना भईसकेको छ ।
गएको १५ महिनाको अवधिमा अधिकारी परिवारले उपचारका लागि १० लाख रकम सकेको जनाएका छन ।

प्रवासी नेपालीको सहयोग

आर्थिक संकटका कारण उपचारमा समस्या भएको जानकारी पाए पछि हाल कोरियामा रहेका गाउँदे दाजुभाईहरुले अधिकारी परिवारका लागि पहिलो चरणको सहयोग रकम उपलब्ध गराएका छन । कोरियामा रहेका खुँगाबासीहरुले ६१ हजार रुपैया सहयोग गरेका हुन ।

कोरियामा रहेका नेपालीले पठाएको रकम बिहिवार बिहान धनेन्द्रका बुवालाई प्रदान गरिएको छ । रकम पाएपछि बुवा मनोरथले आर्थिक संकटका बेला सहयोग पुग्ने बताए ।

कोरियामा रहेका नेपाली बिच भएको छलफल पछि गाउँमा भएको समस्यालाई सहयोग गर्ने भन्दै रकम पठाईएको कोरियामा रहेका भिष्म मिश्रले टेलिफोन मार्फत जानकारी दिए । समन्वय भईरहेको छ । उनले भने–पहिलो चरणको रकम पठाईएको हो । गाउँले मात्रै नभएर समग्र कोरियामा रहेका नेपालीमा सहयोगको अपिल गरिएको मिश्रले बताए ।