१९ कार्तिक २०८३, बिहिबार

अछामका ७० विद्यालयको खाता रोक्का

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Rupees Paisa

– टेकराज भण्डारी

अछाम, २३ असार । जिल्ला शिक्षा कार्यालय अछामले समयमै भौतिक निर्माण, सामाजिक परिक्षण लगायतका कार्य सम्पन्न नगर्ने विभिन्न ७० विद्यालयको खाता रोक्का गरेको छ ।

जिल्ला शिक्षा कार्यालय मार्फत हरेक बर्ष संचालन गरिने भौतिक पुर्वाधारको काम समयमै सम्पन्न नगर्ने, बेरुजु फर्च्यौट नगर्ने, योजनाको सामाजिक परिक्षण नगर्ने लगायतका काम नगर्ने विद्यालयको खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ ।

विद्यालयले आफूले जिम्मा लिएको माम समयमै नगर्दा बेरुजु फर्च्यौट लगायतका कार्यमा समस्या हुने गरेको र आफ्ना गतिविधि पारदर्शी नगर्ने विद्यालयको खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी झंकर विष्टले बताए ।

जिल्लाका प्रावि देखि उच्च मावि सम्म गरि ७० विद्यालयको खाता रोक्का गरि पहिले काम सम्पन्न गर्नुपर्ने सूचना जारी गरिएको उनले बताए । सुरुमा असार १५ गतेभित्र विद्यालयले गर्नुपर्ने सम्पूर्ण काम पूरा गर्न आग्रह गरिएकोमा पछि पाँच दिन थप गरि असार २० गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने सूचना जारी गरीएकोमा त्यो समयसम्म पनि काम पूरा नगर्ने विद्यालयको खाता रोक्का गरिएको जिशिअ बिष्टले स्पष्ट पारे ।

कालिकादेवि उच्च मावि हिच्मा, बिन्देश्वरी उच्च मावि सुतार, नेपाल राष्ट्रिय उच्च मावि चाफामाण्डौ गरि ३ वटा उच्च मावि, कालिका मावि बिरपथ र बिन्द्रासैनी मावि रहफ गरि २ मावि तथा ६६ वटा प्राथमिक विद्यालयको खाता रोक्का गरिएको हो ।

खाता रोक्का भए पछि बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी तलब भुक्तानी पाउनबाट वञ्चित भएका छन् ।

अन्तिम चौमासिक तलब खान नपाउँदा शिक्षक तथा कर्मचारी मर्कामा परेका छन् । अछाम जिल्लामा प्रावि, निमावि, मावि तथा उच्च मावि गरि ५ सय २३ विद्यालय रहेका छन् ।

भौतिक निर्माण, मर्मत लगायतका कार्य विद्यालयले समयमै नगर्दा जिल्ला शिक्षा कार्यालयको बेरुजु गत आर्थिक बर्ष सम्म ८ करोड सतासी लाख रहेको जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत हरिबहादुर खत्रीले बताए ।