१९ कार्तिक २०८३, बिहिबार

राप्रपामा युवक संगठनको जिम्मेवारी ध्रुव रायमाझीलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurba Rayamajhi Rppकाठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नयाँ नेतृत्व पाएको छ ।

लामो समयदेखि निस्क्रिय सरह रहेको युवक संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी ध्रुब रायमाझीले पाउनु भएको छ ।

रायमाझीले आफूले युवक संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएको बताउनुभयो । उहाँले बुधबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।

राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरणको कुरा चलिरहेका बेला राप्रपाले आफ्नो युवक संगठनलाई क्रियाशील बनाएको छ ।

युवक संगठनका अध्यक्ष रायमाझीले दुई राप्रपावीचको एकता प्रक्रियालाई आफूहरूले विशेष महत्वका साथ लिएको बताउनुभयो ।

‘पार्टीका कार्यकर्ताको भावनाअनुसार राप्रपा र राप्रपा नेपालवीच एकीकरण हुँदैछ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले एकता प्रक्रियाको स्वागत गरेको छ ।’