१९ कार्तिक २०८३, बिहिबार

विद्युतीय शवदाह गृह बिहीबारदेखि सञ्चालनमा आउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-sab-daha

काठमाडौँ, २२ असार । साउन १३ गते सोमबारदेखि बन्द भएको विद्युतीय शवदाह गृह बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

दुई वटामध्ये एक यन्त्र भोलिदेखि सञ्चालनमा ल्याउन आजैदेखि तताउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विद्युतीय यन्त्रमुनिको पम्प फेरेर एउटा यन्त्र सञ्चालन गर्न लागिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

“मङ्गाल बन्द भएर बाढी शवदाह गृहमा छिरेकाले बनाएर बाढी नछिर्ने गरी व्यवस्थापन गरिएको छ, अर्को यन्त्रको ‘सिलिकन ब्ल्याङ्केट’ फेर्नुपर्ने भएकाले भारतको कलकत्तास्थित मेसिन निर्माण गर्ने इन्डोमेन कम्पनीबाट बिहीबार बिहान प्रविधिज्ञ आइपुग्ने छन्, तीन दिनपछि अर्को यन्त्र पनि सञ्चालन हुनेछ”– उहाँले भन्नुभयो ।

वातावरणको शुद्धता, समय बचत र कम खर्चिलो शवदाहका लागि रु दुई करोड ४० लाखको लागतमा पशुपति तिलगङ्गास्थित बाग्मती किनारमा दुई वटा शवदाह यन्त्र जडान गरिएको थियो । दुई नम्बरको फर्नेस जडान सञ्चालनमा ल्याइएको दुई महिनापछिदेखि नै समस्या आउन थालेको शवदाह गृहका इलेक्ट्रिसियन नरबहादुर पुरीले बताउनुभयो ।

“दुई नम्बर फर्नेसको यन्त्रमा दुई महिनामै मेटल पग्लेर पाप्रा झर्न थाल्यो, इन्डोमेन कम्पनीले यन्त्र जडान गरेको छ महिनासम्म मर्मत सम्भार गर्ने सम्झौता गरेकाले कलकत्ताबाट प्रविधिज्ञ आउन लागेका हुन्”– उहाँले भन्नुभयो ।

विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको यन्त्रमा हालसम्म एक हजार ८०० शवदाह भएको कोषले जनाएको छ । रासस