डोटी, २२ असार । शिक्षा, स्वास्थ्य तथा खाद्य जस्ता अत्याबश्यकीय सेवामा दुरदराजका जनताको पहुंच बढाउनुपर्ने कुरामा सुदूर पश्चिमका सरोकारवाला तथा सेवा प्रदायक निकायका प्रतिनीधिहरुले जोड दिएका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा बुधबार दिपायलमा आयोजना गरिएको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारमा जनताको पहुंच बिषयक क्षेत्रीय स्तरको अन्तरकृया कार्यक्रममा सहभागिहरुले सुदूर पश्चिमका दूर दराजका स्थानका जनताको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारमा अझै पहुंच रहेकाले राज्यका नीति नियम तथा सेवाहरु पारदर्शी र जवाफदेही बन्नु पर्नेमा जोड दिएका थिए ।
ईन्सेक क्षेत्रीय संयोजक खड्कराज जोशीको अध्यक्षतामा सम्पन्न सो अन्तरकृया कार्यक्रममा स्वास्थ्य संस्थामा जनशक्ति र अत्यावश्यकीय औषधीको अभाव रहेको, निःशुल्क शिक्षाको नाममा चर्को शुल्क लिने गरेको, बजार अनुगमन फितलो रहेको, शिक्षा, स्वास्थ्य र कृषिका सेवामा टाठाबाठाहरुको पहुंच रहेको जस्ता धारणा राखेका थिए ।
सुदूरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायलका क्षेत्रिय प्रशासक लोकहरी पाण्डेले शिक्षा, स्वास्थ्य तथा खाद्य लगायतका सेवाहरु दुरदराजका जनताहरुको पहुंच बढाउन सेवाहरु पारदर्शी र जवाफदेही हुनु पर्ने बताउनु भयो । आफुले सुदूर पश्चिमका सबै जिल्लामा आयोजना गरिएको कार्यालय प्रमुखहरुको बैठकमा आफुले सूचनाको हकको कार्यान्वयन, नागरिक बडापत्र, सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण कार्यक्रम आयोजना गर्न निर्देशन दिईसकेको जानकारी गराउनु भयो ।
सुदूरपश्चिम क्षेत्रिय कृषि निर्देशनालयका क्षेत्रिय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले कृषि क्षेत्रमा लगानी बढाउन सके खाद्य अधिकार सुनिश्चित गर्न सकिने धारणा ब्यक्त गर्नु भयो । आफुले कृषि क्षेत्रमा भईरहेको प्रयासलाई ब्यवस्थित गर्न कृषि क्षेत्रमा काम गर्ने सुदूर पश्चिमका सरकारी तथा गैरसरकारी निकायहरुलाई समेटेर क्षेत्रीय कृषि सन्जाल गठन गर्न लागेको जानकारी गराउनु भयो ।
यस्तै स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव प्रमुख समस्या रहेकोले समयमा जनशक्ति पदपूर्ति गर्नका लागि समयमा लोकसेवा आयोगमा माग गरिएको जानकारी दिनुभयो । बजेट निकासा र खरिद प्रकृयाका तालमेल मिलेमा समयमा औषधी निकासा गर्न सकिने भएकाले आगामी दिनमा ध्यान दिईने बताउनु भयो ।
क्षेत्रीय शिक्षा निर्देशनालयका उप निर्देशक बैकुण्ठ सुबेदीले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क भएकाले कुनैपनि वाहानामा शुल्क लिन नपाईने धारणा ब्यक्त गर्नु भयो
उक्त कार्यक्रममा सुदूरपश्चिमका क्षेत्रिय कार्यलयका प्रमुख एवं प्रतिनिधीहरु, गैर सरकारी संघ-संस्था प्रमुख एवं प्रतिनिधी, राजनितिक दलका प्रमुख एवं प्रतिनिधी, पत्रकार, अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया