१९ कार्तिक २०८३, बिहिबार

मुटु अस्पताल बुटवललाई सरकारको ४ करोड अनुदान

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gautam buddha hospital

बुटवल, २२ असार । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई सरकारले अनुदान स्वरुप करिब चार करोड रकम दिने निर्णय गरेको छ ।

अस्पतालको उपकरण खरिदको लागि अनुदान स्वरुप १० करोड प्रस्ताव गरेकोमा सरकारले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ३ करोड ८२ लाख ४० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

विगत साढे दुईवर्ष देखि संचालित अस्पतालले सरकारबाट उपलब्ध हुने रकम अस्पतालको उपकरण खरिदमा लगाउने जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारबाट प्राप्त अनुदान रकमले अस्पतालको विकासको लागि धेरै ठूलो महत्व राख्ने बताए । अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समिर गौतमले सरकारबाट प्राप्त उक्त रकम अस्पतालका विभिन्न उपकरण संगै डाईलाईसिस विभागको विस्तारमा समेत लगाईने जानकारी दिए ।