सोलुखुम्बु, २१ असार । आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ बर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बिगत ३ महिनादेखि मानसिक सन्तुलन बिग्रिएको बताइएका उनले मंगलबार आफ्नै ८ महिनाकी छोरीको टाउको काटी हत्या गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय तोताङको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया