१९ कार्तिक २०८३, बिहिबार

प्यूठानमा ज्यान गुमाउनेप्रति मन्त्री शर्माद्वारा दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रेखा शर्मा
रेखा शर्मा

काठमाडौं, २१ असार । सामान्य प्रशासन मन्त्री रेखा शर्माले अविरल वर्षाको कारण प्यूठान जिल्लाका विकट गाविस रजबारा–३ र पुजा–३ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ ।

‘यो दुःखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि र मृतक परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, मन्त्री शर्माले आज विज्ञप्ति जारी गरेर भन्नुभएको छ ।

मृतक परिवारलाई सरकारको तर्फबाट उचित राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको जानकारी गरानु भएकी सामान्य प्रशासनमन्त्री शर्माले पीडितहरूको उद्धार तथा राहतका लागि सधैं क्रियाशील रहिरहने प्रतिवद्धता जनाउँनु भएको छ ।

उहाँले उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी, स्थानीय राजनीतिक दल, स्थानीय जनता लगायत सबैप्रति आभार व्यक्त गर्दै जोखिममा रहेकाहरूलाई शीघ्र उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने कार्यमा क्रियाशील रहन स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ ।

rekha-press-statement