काठमाडौं । नेपाल पत्रकार महासंघमा हारको जिम्मेवारी लिँदै नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
महासंघमा लोकतान्त्रिक समूहले हारेपछि पोखरेलले त्यसको नैतिक जिम्मेवारी लिंदै मंगलबार राजीनामा दिएका हुन् ।
काँग्रेस निकट युनियनले पोषण केसीको नेतृत्वमा महासंघमा प्यानल बनाएर उम्मेदवारी दिए पनि सोमबार सम्पन्न महाधिवेशनमा प्रेस चौतारीका उम्मेदवार डा महेन्द्र विष्टको नेतृत्वमा प्रगतिशील प्यानलले विजय हात पारेको थियो ।
आफू अध्यक्ष बनेपछि लगातार दुई पटकसम्म प्रेस युनियनले हारेको भन्दै पोखरेलले सोमबारै निराशा व्यक्त गरेका थिए । यसअघि उम्मेदवार छनोट गर्ने क्रममा पनि दबाब झेल्न नसकेपछि पोखरेलले राजीनामा घोषणा गरेका थिए । तर, काँग्रेस नेताहरुको दबाबमा उनले राजीनामा फिर्ता लिएका थिए ।












प्रतिक्रिया