१९ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरीका एसपीहरुको बढुवा, को-को परे ?

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Logoo

काठमाडौं, २१ असार । नेपाल प्रहरीका पाँच एसपीहरु बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले सोमबार पाँच प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको सिफारिस गरेको हो ।

बढुवा हुनेमा ठाकुर प्रसाद ज्ञवाली, तारिणी लम्साल, हरिभक्त प्रजापति, बिक्रम गुरुङ र सूर्यप्रसाद उपाध्याय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।