१९ कार्तिक २०८३, बिहिबार

जोखिमपूर्ण कार्य गर्ने ‘साहसी’ प्रहरी सम्मानित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jokhim-police

धादिङ, २१ असार । जिल्लाको विकट उत्तरी गाविस रि को वडा नंम्वर ९ स्थित चेप्राङ गाउँमा पहिरोमा फसेका व्यक्तिहरुलाई सकुशल उद्धार गर्न आफ्नो ज्यानको समेत प्रवाह नगरी अत्यन्त जोखिमपूर्ण ठाउँमा गई साहसीपूर्ण काम गरी प्रहरी संगठनको छवि उच्च राख्न सफल भएका इलाका प्रहरी कार्यालय दार्खामा कार्यरत प्रहरी हवल्दार रुद्र बहादुर कुमाल र प्रहरी जवान सन्दिप कुमाललाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रहरी उपरीक्षक शरद कुमार खत्रीले उनीहरुलाई सम्मान गर्नुभएको हो ।

असार १६ गते चेप्राङ गाउँको चारैतिरबाट पहिरो गएकोमा उक्त गाउँबाट बाहिर निस्कने कुनै पनि ठाँउ नरहेको अवस्थामा असार १८ गते विहान बर्षा भइरहेकै बखत अत्यन्त जोखिमपूर्ण र विकट भुगोलका बावजुत पनि उनीहरु उक्त गाँउमा पुगी भिर र पहिरोको बाटो प्रयोग गरी बुट्यान समाउदै त्यहाँ रहेका २१ जना मध्ये अपाङ बालबालिका सहित १४ लाई उद्धार गरी ताजिमाङ सामुदायिक भवनमा सकुशल ल्याएका थिए ।

jokhim-re-768x461 police