– सरु शर्मा
परासी, २१ असार । नवलपरासीको दुम्कीवासमा आज विहान नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज (मँगलबार (विहान ३ः ५० बजेको समयमा अन्दाजी ५५–६० वर्षका पुरूषलाई ठक्कर दिदा उनको घटना स्थलमा नैै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलरासीले जानकारी दिएको छ । रातिको समय भएको हुनाले कुन गाडिले ठक्कर दियो भन्ने खुल्न सकेको छैन ।
तर, घटनास्थलमा भेटिएको फुटेको सिसाको आधारमा भैरहवा बसपार्कमा रोकिराखेको ना ५ ख ४९ ९१ नम्बरको बसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ । शव चोरमारा प्राथमिक स्वाथ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया