काठमाडौं, २१ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धने सुरू गरेको रिले अनशन आज २९औँ दिनमा प्रवेश गरेको छ ।
२९औँ दिनको रिले अनशनको नेतृत्व तराई मधेस सद्भावना पार्टीका नेता मुक्तिनाथ यादवले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
रिले अनशनमा सांसद नीमा चौधरी, आङकाजी शेर्पा, सुरेन्द्र तिवारी, सकिल अहमदलगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।
संविधान पनुर्लेखनको माग गर्दै संघीय गठबन्धनले आफ्नो रिले अनशन जारी राखेको हो ।












प्रतिक्रिया