काठमाडौ, साउन ३० । पाकिस्तानको राजधानी इस्लामाबादमा विपक्षी दलका तहरिक ए इन्साफ पार्टिका नेता इमरान खानको गाडीमा गोली प्रहार भएको छ ।
प्रधानमन्त्री नवाज सरिफले पद छोड्नुपर्ने माग गर्दै गरिएको विशाल विरोध र्यालीका क्रममा नेता खानको गाडीमा आक्रमण भएको बिबिसीले जनाएको छ ।
गाडीमा गोली लागेपनि नेता खान भने सुरक्षित छन् । घटनापछि प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भएको छ ।
प्रधानमन्त्रीले चुनावका बेला धाँधली गरेको भन्दै संसदको तेस्रो ठूलो पार्टी तहरिक ए इन्साफ र प्रमुख धर्मगुरु तहिरुल क्वाद्रीले विरोध र्यालीको आयोजना गरेका हुन् ।
नवाज सरिफ प्रधानमन्त्री बनेपछिको सरकारविरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।













प्रतिक्रिया