१९ कार्तिक २०८३, बिहिबार

मदिराले मात्तिएर पोखराको रुपातालमा हाम फाल्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupatal-pokhara

कास्की, २० असार । मदिराले मात्तिएर पोखराको रुपातालमा हाम फाल्दा एक पुरुष वेपत्ता भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखराबाट रुपाताल घुम्न गएका ४० वर्षीय उदय राई रुपातालमा हाम फालेर सोमबार वेपत्ता भएका हुन् ।

राई तथा पोखरा–१ नदिपुर बस्ने तनहुँ थप्रेक–६ का ३१ वर्षीय बिजय गुरुङ र मिलन केसीसमेत ३ जनाले मादक पदार्थ सेवन गरी रुपातालमा डुंगामा घुम्ने क्रममा तालको विचमा पुग्दा राई डुङगाबाट हाम फालेको भनी बिजय र मिलनले ईलाका प्रहरी कार्यालय शिसुवामा खबर गरेपछि प्रहरी टोली खटी गई उनको खोजी कार्य भइरहेको छ ।

बिजय र मिलनलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।