२८ आश्विन २०८३, बुधबार

‘लौ हेर म नाच्छु कसरी !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shalu-gautam-hot

काठमाडौं । गायिका तथा मोडल सालु गौतमले मोडलिङमा नयाँ आयाम थपेकी छिन् ।

मोडलिङ करिअर बनाउँदै गरेकी सालुले बिहीबार छायाँकन गरेको आफ्नो गीतको म्युजिक भिडियो नेपालमा अन्त्यन्तै नयाँ प्रयोग भएको दाबी समेत गरेकी छिन् । केशव खड्काले निर्देशन गरेको यस म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका छन् । यो भन्दा यघि यो खाले म्युजिक भिडियो नै नबनेको निर्माण टिमको दाबी छ ।

Shalu-gautam

केही साता पहिले काठमाडौंको बानेश्वरस्थित सुत्र स्टूडियोमा सालुले आफ्नै संगीतमा रेकर्ड गराएको गीतको बोल यस्तो छ:

‘लौ हेर म नाच्छु कसरी
आउ सिक रमाउन यसरी,
तिमी हेर म नाचेँ कसरी
भाँचे है कम्मर यसरी ।’

Shalu-gautam5

झण्डै चार बर्ष पोर्चुगल बसेकी तनहुँकी सालु नेपाल फर्कनासाथ म्युजिक भिडियोमा खेल्ने पुरानो शोख पूरा गर्न तिर लागेकी हुन् ।

यसअघि हास्य क्षेत्रमा नाम कमाएका धुर्मुस सिताराम कट्टेलद्वारा निर्देशित प्रमोद खरेलको गीतमा उनले अभिनय गर्ने मौका पाएकी थिइन् । “कन्ट्रोल हुँदैन” बोलको उनको गीतको भिडियो एक लाख मानिसले युटियूबमा हेरिसकेका छन् ।

नयाँ भिडियो दुई सातापछि बजारमा ल्याउने सालुको लक्ष्य छ ।

Shalu-gautam3