१९ कार्तिक २०८३, बिहिबार

वर्षात्मा सडक कालोपत्र र टाल्नेलाई कारबाही हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-bardiya

काठमाडौँ, १९ असार । बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ ।

सडक विभागका प्रवक्ता दयाकान्त झाले असार, साउन र भदौमा बढी वर्षा हुने भएकाले यो समयमा गरिएको पिच र प्याच वर्क गुणस्तरीय हुँदैन त्यसैले रोकिएको छ भन्नुभयो ।

“यो आर्थिक वर्षमा नौ हजार किमी सडक नियमित मर्मतको योजना छ, सडकमा परेका खाल्डाखुल्डी प्याच वर्क मर्मत योजनामा पर्दछ, यो काम वर्षात्का समयमा गरिँदा गुणस्तरीय हुँदैन, वर्षका नौ महिना काम गर्न सकिन्छ, टाल्ने काम पानी परेकै बेलामा गर्नुपर्छ भन्ने छैन, गरेको पाइएमा कारबाही हुन्छ”–उहाँले भन्नुभयो ।

यो आर्थिक वर्षमा १२५ पुल पक्की बनाउने योजना भएकामा ५० पुल बनिसकेको विभागले जनाएको छ । रासस