
काठमाडौं, ३० साउन । फुटबलको सर्वोच्च निकाय फिफाले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको छ ।
नेपाल दुई स्थान तल झर्दै १ सय ६६ औँ स्थानमा रहेको छ ।
यसअघि नेपाल १ सय ६४औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा अफगानिस्तान सवैभन्दा माथिल्लो स्थान १ सय २९ औँ छ ।
त्यस्तै माल्दिभ्स १ सय ४५ औ स्थानमा यथावत छ भने भारत एक स्थानमाथि उक्लदै १ सय ५० आ स्थानमा छ ।
एक स्थान माथि उक्लेको पाकिस्तान १ सय ६४, सात स्थान तल झरेको बङ्गलादेश १स सय ७०, श्रीलङ्का १ सय ७८ र भुटान २ सय ८ औँ स्थानमा छ ।
विश्व वारियताको शीर्ष स्थानमा विश्वकप फुटबल प्रतियोगिता २०१४ को विजेता जर्मनी छ भने दोस्रोमा अर्जेन्टिना र तेस्रोमा नेदरल्याण्ड्स रहेको छ ।













प्रतिक्रिया