१९ कार्तिक २०८३, बिहिबार

कर असुलीमा नयाँ रणनीतिः रुपन्देहीमा सूर्ति र मदिरा उद्योग कारबाहीमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tax  (1)

– नरेश केसी

भैरहवा, १८ असार । कर कार्यलय भैरहवाले कर असुलीमा विभिन्न रणनीतिक योजना सहित अगाडी बढेको जनाएको छ । आइतबार कार्यालयले संचारकर्मीहरुसंग कर राजस्वका बिषयमा अन्तरक्रिया गर्दै सो जानकारी दिएको हो ।

कार्यालयले कानुन बिपरीत काम गर्ने रुपन्देहीका मदिरा तथा सुर्तिजन्य बस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री बितरण गर्ने ब्यबसायीहरुलाई कारबाही गरेको जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत महाराज कोईरालाका अनुसार मदिरा बिक्री गर्ने ४८ ब्यबसायीको अनुगमन गर्दा १२ ब्यबसायीले बिना ईजाजतपत्र कारोबार गरेको पाइएकोले कारबाही गर्दै मदिरा जफत गरेको जनाए ।

कोईरालाका अनुसार अबैध मदिरा नियन्त्रण तर्फ ५ करदाताहरुलाई कारबाही गरी २३२ कार्टुन ७० युपी शक्तिको मदिरा जफत गरी ३६ लाख ६९ हजार अन्त शुल्क र १ लाख ५१ हजार मुल्य अभिबृद्धी कर असुल गरेको बताए ।

केही महिना अगाडी रुपन्देहीको चिल्हीया गाबिसमा रहेको किसान डिष्टीलरीले अन्तशुल्क स्टिकर नभएका मदिरा बजारमा पठाउन लाग्दा गाडी सहीत नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालयले छानबिन गरेको थियो । सो गाडी अहिले लिलामीको प्रकृयामा छ भने उद्योगले जरीबाना तिरेको थियो ।

त्यस्तै गरी सुर्ति गुटखा उद्योग पनि कारबाहीको दायरामा आएको कोईरालाले जनाए । सूर्तिजन्य पदार्थको कारोबारको अनुगमन गर्दा ७ करदाता कारबाहीमा परेका छन्् । उनिहरुबाट १५ बोरा गुटखा जफत गरी ३ लाख ५५ हजार धरौटी माग भएको कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा लुम्बिनी क्षेत्रमा करेन्ट मसाला लेखिएको डेलिभरी भ्यानमा करेन्ट पान मसाला तथा गुटखा बिक्रीका लागी लग्दै गरेको अबस्थामा कार्यालयले नियन्त्रणमा लिएको थियो । बरामद भएका सबै पानमसालाका प्याकेटमा अन्तशुल्कको स्टिकर थिएनन् । पान मसाला, गुटखाको प्याकेटमा अन्तशुल्क स्टिकर अनिबार्य छ । उक्त डेलिभरी भ्यान पनि अहिले लिलामीको प्रकृयामा रहेको छ ।

त्यस्तै गरी स्वास्थय तथा शिक्षा सम्बद्ध सस्था मध्ये ३२ करदाताहरुको कारोबार स्थलमा गई स्वास्थय सेवा कर तथा शिक्षा सेवा शुल्कको अनुगमन गरी कैफियथ पाईएकालाई कारबाही गरी ८७ हजार जरीबाना गरेको कार्यालयका सूचना अधिकृत धनिश्वर अर्यालले जनाए । आन्तरीक राजस्व कार्यालयमा सबैभन्दा बढी राजस्व मदिरा उद्योग मार्फत अन्तशुल्क बाट उठने गरेको छ । चालु आर्थिक बर्षको जेठ सम्म असुली भएको रकम ६ अर्ब ३९ करोड ५७ लाख मध्ये ४ अर्ब ७७ करोड ९७ लाख रुपैया अन्तशुल्क बाट उठेको कार्यालयले जनाएको छ ।

पत्रकारहरुसंग कुरा गर्दै कर असुलीमा विचौलीयाले समस्या सृजना गर्ने गरेको पनि प्रमुख कोइरालाले बताएका छन् । प्रायाप्त जनशक्ति नभएको, कर छली सम्बन्धी बस्तुगत र प्रमाणजन्य सूचनाको कमी, अन्तर निकाय समन्वयमा कमीजस्ता समस्याका कारण कर असुली केही अप्ठ्यारोका बीच चलेको प्रमुखको भनाइ छ ।