१९ कार्तिक २०८३, बिहिबार

अफगानिस्तान हिडेका गुरुङ दुबईमा अलपत्र, काठमाडौंमा तामाङ पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau

काठमाडौं, १९ असार । रोजगारका लागि अफगानिस्तान हिडेका एक नेपाली दुबईमा अलपत्र परेका छन् ।

धादिङ घर भएका ५१ वर्षीय देउ बहादुर गुरुङ्गलाई आकर्षक तलबको लोभमा अफगानिस्थान जान खोज्दा दलालबाट ठगिएर दुबईमा अलपत्र परेका हुन् ।

उनलाई अलपत्र पार्ने धादिङ घर भइ काठमाडौं ६ बौद्ध बस्ने ३३ वर्षीय यमन तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभन देखाएर तामाङले अफगानिस्थान पठाईदिन्छु भन्दै ५ लाख ५० हजार लिएर गुरुङलाई दुबईमा पुर्याई अलपत्र पारेका थिए ।

पीडित गुरुङ नेपाल फर्केर अपराध महाशखामा आई निवेदन दिएपछि महाशाखाकोे विशेष टोली गुरुङलाई नयाँ बजारबाट पक्राउ गरि ठगी मुद्धामा थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाएको छ ।