१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाद्वारा पहिरो पीडितको सकुशल उद्धार (तस्विरसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-helicopter-1

काठमाडौं, १९ असार । नेपाली सेनाले हेलिकप्टरबाट पहिरो पीडितको उद्दार गरेको छ ।

विगत केहि दिनदेखि परेको अविरल बर्षाको कारण धादिङ जिल्ला रि गाविस वडा नं.९ को चेप्राङ्गमा गएको पहिरोको कारण उद्धार हुन नसकेका ७ जना स्थानीय बासिन्दाहरुलाई आइतबार काठमाडौबाट गएको नेपाली सेनाको हेलिकप्टर तथा डिजास्टर असिस्टेन्ट एण्ड रेस्क्यु टिम (डीएआरटी) र धादिङ जिल्लास्थित नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले सकुशल उद्धार गरेको छ ।

Army-helicopter-3

उद्धार गरिएका मध्ये ४ जनालाई सदरमुकाम धादिङबेशीमा ल्याई थप उपचारको लागि नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालयमा बुझाईएको छ भने अन्य ३ जनालाई रि गाउंको मेलेडांडामा उद्धार गरिएको छ ।

कुनैपनि प्राकृतिक विपद्को घडीमा उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरि जनधनको क्षतिको न्युनीकरण गर्न नेपाली सेना तत्काल परिचालित हुनसक्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Army-helicopter-2